काठमाडौं । भूमि व्यवस्था तथा अभिलेख विभागले २७५ जना कर्मचारीहरुको सरुवा गर्दा अन्यायमा परेको भन्दै सरुवा सच्याउन माग गरेका छन् ।
यो सरुवा विरुद्ध कर्मचारी संगठनको अगुवाईमा आज कर्मचारीहरुले विभागमा गएर विरोध गरेका हुन् । उनीहरुले चलखेलका आधारमा भएको कर्मचारीको सरुवा भएको आरोप लगाए ।काठमाडौंमा लामो समयदेखि बसेका कर्मचारीलाई काठमाडौंमा घुमाइएको छ । यसमा कुन मापदण्डमा टेकेर कर्मचारी सरुवा गराइएको हो उनीहरुले कुनै विधि,नीति र मापदण्डमा टेकेर नभइ मनपरी रुपमा गरिएको यो सरुवा नै क्यान्सिल हुनुपर्ने माग राखेका छन् । दीर्घ रोगी कर्मचारीहरुलाई अन्यायमा पर्ने गरी सरुवा गरिएको,केही कर्मचारीको पदस्थापन नभएको भन्दै कर्मचारीहरुले उपसचिव हरि सुवेदीमाथि कडा रुपमा विभागमै पुगेर प्रश्न गरेका छन् ।
गत १४ असोज गते १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद सापकोटाले खरिदार १०४, १२६ नासु र अधिकृत तहका ४५ जना कर्मचारीहरुको सरुवा गरेको थियो ।


