काठमाडौं। प्रमुख सत्ता घटक नेपाली कांग्रेसले निजामती क्षेत्रमा पार्टीगत ट्रेड युनियन आवश्यक नहुने धारणा ब्यक्त गरेको छ ।
आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कांग्रेसले यस्तो धारणा राखेका हो ।
समितिले विहीबार सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो तर्क गरेका हुन् ।
उनले नेपालको कानुनले सरकारी कर्मचारीले कुनै पनि पार्टीको संस्थागत सदस्य लिन नहुने उल्लेख गरेकोमा ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने पार्टीको धारणा रहेको बताए ।
एउटा मात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने र अधिकृत तह भन्दा माथिका कर्मचारीलाई संलग्न गराउन नहुने उनले बताए ।


