काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ बाह्र जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित २ जनाविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।दुई सडक निर्माण गर्ने क्रममा उनीहरूले ३५ लाख ३९ हजार ३३१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
