काठमाडौं । ९ जना अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भएका छन् । हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरलाई बढुवाका लागि सिफारिस गरेको हो ।
यसरी बढुवामा सिफारिस भएकाहरुमा नेपाल कृषि सेवा बाली विकास अरविन्द मणि त्रिपाठी,नेपाल कृषि सेवा बाली संरक्षण समूहबाट चार जना अधिकृतहरु क्रमश पूर्णिमा क्षत्री,श्रीकृष्ण न्यौपाने,पिताम्बर बस्नेत,मादव भट्ट रहेका छन् ।
यस्तै,नेपाल कृषि सेवा इको एगृ मार्केटिङबाट चार जना बढुवा सिफारिस भएका छन् । जसमा लोकराज सुवेदी,राजेश साह,मीना कँडेल र शशी अधिकारी रहेका छन । यी सबै अधिकृतहरु जेष्ठता र कार्यसम्पादन मूंल्याकनका आधारमा बढुवा सिफारिस भएका हुन ।
