काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्वप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनी अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सापकोटामाथि १ लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए। उनीमाथि अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा मेसिनरी सामान खरिदमा घुस लिएको आरोप थियो।
त्यसपछि उनले अख्तियारको कञ्चनपुर कार्यालयमा खाम ल्याएर दिएका थिए। खोलेर हेर्दा एक लाख रुपैयाँ देखियो। मुद्दा मिलाइदिन पैसा ल्याएको भनेपछि उनलाई त्यहीँ पक्राउ गरिएको थियो।


