काठमाडौं । ५८ जना अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भएका छन् । विहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई माथिल्लो पदमा सिफारिस गरेको हो ।
समितिले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट ४०,नेपाल प्रशासन सेवा,लेखा समूहका ११ र नेपाल प्रशासन सेवा राजश्व समूहतर्फबाट ७ गरी ५८ जना अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । उनीहरुलाई कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।
शत प्रतिशत अंक सहित ती अधिकृतहरु बढुवाका लागि सिफारिस भएका छन् ।


