काठमाडौं । सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटको कमाण्ड सम्हालेका छन् ।
एसपी बस्नेतले विधिवत रूपमा सोमवार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । उनी यसअघि सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनमा कार्यरत थिए ।
यसैबीच, एसपी सन्तोष बस्नेतलाई मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले सोमबार साह सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वाटर गौर पुगेर एसपी बस्नेतलाई स्वागत गरेकी छिन् । वि. सं २०६० सालमा इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका बस्नेत अब्बल कमाण्डर मानिन्छन् ।


