काठमाडौं । अर्थ सचिवमा सरुवा भएका घनश्याम उपाध्यायलाई मन्त्रालयमा स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा।घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे ।


