काठमाडौं । नेपाली कांग्रेसले आफ्नाभ्रातृसंस्थालाई आगामी चैतभित्रै अधिवेशन महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा विहीबार कांग्रेस पदाधिकारी, भातृसंस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भातृसंस्थाका अध्यक्षहरूबीच भएको छलफलमा कांग्रेसका शीर्ष नेताले तोकिएको समय चैत महिनाभित्रै सबै संगठनले अधिवेशन गर्नुपर्ने भन्दै अधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
महतले महाधिवेशनका लागि पार्टी नेतृत्वबाट आवश्यक सहयोग हुने भन्दै महाधिवेशन समयमा नै सम्पन्न गर्न आग्रह गरिएको जानकारी दिए ।
छलफलका क्रममा केही संस्थाले तोकिएको समयभित्रै महाविधेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैतभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए ।
