काठमाडौं । २४ जना नायब सुब्बाको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १५ गते बिहीबार उनीहरुको सरुवा गरेको हो ।
सरुवामा परेका कर्मचारीहरूलाई संघीय तहअन्तर्गतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ। तीमध्ये तीन जनाको सरुवा अदालतको सहमति अनुसार गरिएको जनाइएको छ।
मन्त्रालयले सरुवा व्यवस्थापनलाई व्यवस्थित गर्न पछिल्लो समय अत्यावश्यक अवस्थाबाहेक प्रत्येक महिनाको १ र १५ गते मात्र सरुवा गर्दै आएको छ।



