काठमाडौं । दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानमा तथा मधेश प्रदेशको तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत छ।


