काठमाडौं । आज पनि देशका केही स्थानको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज कोसी प्रदेशका केही स्थान, बाँकी पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपात हुने सम्भावना छ।
विभागका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको छ।


