काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । विक्रम संवत २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार दिउसो दुई च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।


