काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अंकले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ ।
आज ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा लघुवित्त समूह सामान्य अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।


