काठमाडौं । सत्तापक्षीय सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने अडान राखेका छन् ।
आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलहरुका सदस्यहरुले समय माग गरे पनि रास्वपातर्फका सदस्यहरुले आजै सुनुवाइ गर्नु पर्ने अडान लिएका हुन् ।
समितिका सदस्य रहेका रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै उजुरी सुन्ने, कार्ययोजना सुन्ने र छलफल गर्नुपर्ने बताए ‘मैले ७ वटा जति उजुरी पढिसकें । सरसर्ती हेर्ने हो । कण्ठस्थ गर्ने होइन । आज उजुरी सुनौं, कार्ययोजना सुनौं । त्यसपछि समय चाहिने जस्तो लागे छलफल गरौंला’, उनले भने ।


