काठमाडौं । ललितपुर महानगरपालिका(२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ ।
सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
थापाका तीन जनाको परिवार बस्दै आएका थिए। उनीहरू आफन्तकोमा सरिसकेकाले मानवीय क्षति नभएको एसपी मिश्रले जानकारी दिए।
घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जनाको टोली खटिएको छ।



