काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ।
सोमबार ३५७ कम्पनीको एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँ पुगेको छ । कुल ५८ हजार ५०० पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज धेरै कमाउने पाँच कम्पनीमा सात प्रतिशतको लक्ष्मी सनराइज डिवेञ्चर २०९२, १० प्रतिशतको केवीएल डिवेञ्चर २०९०, ६.२५ प्रतिशतको प्राइम बैंक डिवेञ्चर २०९३, माण्डु हाइड्रोपावर र एनआईसी व्यालेन्स फन्ड रहेका छन् ।



