काठमाडौं । दुई सहसचिव सचिवमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु आवा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्मचार्यलाई राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको हो । श्रेष्ठ नेपाल प्रशासन सेवाकी हुन् भने कर्माचार्य नेपाल इन्जिनियरिङ सेवाका हुन् ।
सरकारले आभास श्रेष्ठलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापना समेत गरेको छ ।
बढुवा सिफारिस समितिको कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सिफारिस भएको थियो।



