काठमाडौँ पाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ ।
बैठकमा सरकारको पछिल्ला गतिविधि, पत्रकार र सञ्चारगृमाथिको धरपकडलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले समसायिक विषय र पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ ।
बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरु पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य, महामन्त्रीहरु प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालगायतलाई बोलाइएको छ । बैठकपछि सभापति थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पछिल्ला घटनाबारे विशेष सम्बोधन गर्ने छन् ।

