काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना गम्भीर आपत्तिजक भएको बताएका छन् ।
उनले आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन्।
प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति सामान्य नभएको उनको भनाई छ। कांग्रेसले सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने र राष्ट्रिय संकटका बेला सरकारसँगै उभिने गरेपनि लोकतन्त्र र नागरिक अधिकारको सवालमा भने सरकारको गलत कदमको प्रतिवाद गर्ने स्पष्ट पारे।

