काठमाडौँ । सोलुखुम्बु जिल्लामा डायनेस्टी र फिस्टेल एयरका दुई हेलिकप्टर आज बिहान आपसमा ठोकिएर दुर्घटना भएको छ।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर एक जना घाइते भएका छन्।

