काठमाडौं बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन्। यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाउने गरेका थिए। ।
गृह मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुका साथै दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । नुवाकोटको तुप्चेमा जन्मिएका केसी प्रहरी सेवामा कार्कीकै ब्याचका अधिकृत हुन्। उनीहरू चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए।
केसीको प्रहरी करियरमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान महत्त्वपूर्ण मानिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले लामो समयदेखि अघि बढ्न नसकेको उक्त प्रकरणको अनुसन्धानलाई गति दिएका थिए ।

