काठमाडौँ । सरकारले सभापति गगन थापालाई पक्राउ गर्ने आशंका भइरहेको बेला नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।
सहमहामन्त्री रामहरि खतिवडाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको बताए ।
‘सभापति पक्राउको आधार छैन, कांग्रेसको अवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने, ‘सरकारको विवादित कदमबारे हिजो ६ बुँदे धारणा सार्वजनिक गरिसकेका छौँ ।’
प्रहरीले सभापति थापाका गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको र बुधबार आईजीपीबाट कार्कीलाई हटाएसँगै त्यो झन् बढेको पाइएको सचिवालयका सदस्यहरूको भनाइ छ।

