काठमाडौँ– मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस भीमफेदीमा बिहान ५ः४५ बजे सडकबाट करिब ५०० मिटर तल खसेको हो।

