काठमाडौं । वर्षा लागेसँगै आज काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा मध्यमदेखि मुसलधारे वर्षा भइरहेको छ ।
शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बाँकी प्रदेशका केही स्थानहरुमा पनि यस्तै सम्भावना छ। यसैगरी, प्रदेश १ को एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ।


