काठमाडौं । आज (शुक्रबार) प्रतिनिधि सभाको बंठक बस्दै छ। बैठक दिउँसो २ बजे सुरु हुने गरी बोलाइएको संघीय संसदका महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो) संशोधन, २०७५’ फिर्ताका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सरकारले प्रतिनिधि सभामा विचाराधीन विवादित नागरिकता विधेयक फिर्ता लिन लागेको हो।
विवाद भएपछि सरकारले फिर्ता लियो नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने नागरिकता विधेयक फिर्ताको निर्णयको विरोध गरेको छ।


