काठमाडौं । अमेरिकाको भ्रमणबाट फर्किएको केही समयपछि नै प्रधानसेनापति प्रभुराम शर्मा आगामी साता १५ दिने अष्ट्रेलिया भ्रमणमा जाने भएका छन्। इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखको वार्षिक सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्।
अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने ुएनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्सुमा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुख सहभागी हुँदैछन्।
उक्त सम्मेलनमा प्रधानसेनापति शर्माले पनि भाग लिने कार्यतालिका रहेको छ। सम्मेलनमा सहभागी हुनका लागि शर्मा साउन ७ गते अष्ट्रेलिया प्रस्थान गर्नेछन्।
मन्त्रिपरिषद् बैठकले उनको अष्ट्रेलिया भ्रमण स्वीकृत गरिसकेको छ।


