काठमाडौं । केही दिनदेखि फोहोर संकलन गर्न बन्द गरेको काठमाडौं महानगरपालिकाले भोलिदेखि पुनः फोहोर संकलन गर्ने बताएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ।
१२ गते बिहीबार विहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन महानगरले अनुरोध गरेको छ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत् सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।


