काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भात्रृशोकमा रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना दिएका छन् । अध्यक्ष नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।
नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा आज दिउँसो पुगेका हुन् । उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।


