काठमाडौं । आज दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा जाने भएका छन्। एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले अध्यक्ष ओली जहाजमार्फत दिउँसो १ बजे भद्रपुर जाने कार्यक्रम रहेको जानकारी दिए ।
भोलि दमक २ मा निर्माण गरिएका ४३ वटा आवास भवनको उद्घाटन र जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन्। ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन्।


