काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले यसअघि जेठ १२ गतेको प्रदेशसभा बैठकमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता पेस गरेको थियो ।
१५ र १६ गते दुई दिन प्रदेशसभामा छलफलपछि पास गरिएको थियो । प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने छ ।


