काठमाडौं । विद्युत पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं १० मा गरेको भन्ने उजुरी निवेदनको सम्वन्धमा अनुसन्धान हुँदा सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका भोजराज खतिवडा दोषी देखिएपछि आइतबार भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।
