काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्यालाई समाधान गर्न ‘बोल्ड डिसिजन’ गर्ने बताएका छन् ।
उनले आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस–सुधारका लागि सहकार्य’ कार्यक्रममा यस्तो बताएका हुन् ।
यसका लागि आफूले सोच्न थालेको बताए । “हामी टालटुले सामान्य कुराले अहिलेको समाधान दिगो रूपमा गर्न सम्भव छैन,” उनले भने, “हामीले यो विषयमा सोच्नुपर्ने छ । त्यसो गर्न सकेनौँ भने हामीलाई अफ्ठ्यारो छ । हामीले आठरनौ महिना सुधार गर्न बल त गरियो । वित्तीय र मौद्रिक नीति मिलाउन निकै तालमेल पनि भयो ।”


