काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तालिमको प्रशिक्षकसँग काम मिलाइदिएबापत ४५ हजार रूपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गाउँपालिकामा आर्थिक वर्ष २०८०.०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ।


