काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन इतरपक्षले अपिल गरेको छ।
समितिका संयोजक डा शशांक कोइरालाले पार्टीभित्रको वर्तमान विवाद कुनै व्यक्ति वा समूहको विषय मात्र नभई कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको उल्लेख गरेका छन्।
डा. कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक समितिले गर्ने महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। उनले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार, असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१ देखि २३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरूमा हार्दिक अनुरोध गर्दछौं।’
थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्दै छ। डा. कोइराला नेतृत्वको समितिले असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने तय गरेको छ।


