काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय अर्थतन्त्र सहज बन्दै गएको बताएका छ्न् ।
मन्त्री महतले मंगलबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,’ अर्थमन्त्री डा. महतले भने, ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ ।’ उनले नेपालमा निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गरे ।