काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको छ। वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भएको हो । सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले आज (बुधबार) सार्वजनिक सूचना प्रकाशित गरेर यस्तो जानकारी दिएको हो ।
बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको उल्लखे छ।
उसले कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत पनि दिएको छ।