काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजबाट नयाँ वर्ष २०२४ सुरु भएको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ।
पछिल्लो वर्ष नेपालमा पनि अंग्रेजी नयाँ वर्षको रौनक बढ्दै गएको छ । अंग्रेजी नयाँ वर्षलाई नेपालमा धुमधामसँग मनाइएको छ । पर्यटकीय क्षेत्रका होटलहरु आन्तरिक तथा बाह्य पर्यटकले भरिएका छन् ।