काठमाडौं । आजबाट प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता सुरु हुँदै छ।
आज दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा दुई–दुई खेल हुनेछन्।
त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्नेछन्। सो खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सोही समयमा मूलपानी मैदानमा एपीएफ र सुदूरपश्चिम प्रदेश खेल्नेछन्।
यस्तै दोस्रो खेलमा त्रिवि मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा मूलपानीमा कर्णाली प्रदेश र कोशी प्रदेश आमनेसामने हुनेछन्।


