काठमाडौं । आज देशका विभिन्न भागमा मौसम बदली हुने जल तथा मौसम विभागले जनाएको छ। । आज गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।