काठमाडौं । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी आजको बैठकको सम्भावित कार्यसूचीमा नेपाली कांग्रेसबाट वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्य तथा सामाजिक एवं साहित्य क्षेत्रमा सक्रिय पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा मिति २०८० साल वैशाख २९ गते निधन भएकोमा उनको निधनप्रति आजको बैठकले शोक प्रस्ताव पारित गर्ने गरेको छ ।


