काठमाडौं । अख्तियार दुरुपयोग आयोगले कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ उनीहरुले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा उनीहरुविरुद्ध बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । आयोगका अनुसार लेखापढी गर्ने पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिएका थिए ।
आयोगले पोखरेलविरुद्ध बिगो ५० हजार कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९ख० बमोजिम कैद सजायको मागदावी गरेको छ ।
