काठमाडौं । गैरआवासीय नेपाली संघ (एन्आरएन्) अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैर–आवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह–कोषाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।
एन्आरएनए यूके राष्ट्रिय समन्वय परिषदमा करिव एक दशकसम्म कार्यकारी सदस्य, सह–कोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका न्यौपानेसँग एक कार्यकाल आइसीसी सदस्य ९२०१९–२०२१० पदमा रही कार्य गरेको अनुभव पनि छ ।
नेपालमा राष्ट्रिय वाणिज्य बैंकमा प्रबन्धकको जिम्मेवारी निभाएका न्यौपानेसँग करिव ३५ वर्ष वित्तीय क्षेत्रमा कार्य गरेको अनुभव पनि छ । हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपानेले अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र क्रिप्टोकरेंसीलगायतका क्षेत्रमा व्यावसाय सञ्चालन गरिरहेका छन । एमए, बीएल्सम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूची राख्छन् ।
सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतमा रहेका धेरै संघसंस्थामा सल्लाहकारका रुपमा कार्यरत छन् । सामाजिक संस्थाहरुमा मन खोलेर आर्थिक र सामाजिक सहयोग गर्ने सहयोगी मनका धनीका रुपमा बेलायतमा चिनिएका छन् न्यौपाने । विश्वको ४९ भन्दा बढी राष्ट्रहरुमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजका वर्तमान उपाध्यक्ष हुन् न्यौपाने । संस्थाको आन्तरिक सुशासन, पारर्दर्शिता, आत्मनिर्भरता, एकता, संघको प्रभावकारितामा विशेष पहल गर्ने विविध योजनासहित सामाजिक र वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभव संघमा लगाउने उद्येश्यले एन्आर्एन्ए एनसिसीको सह –कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए ।