काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलले मध्यपहाडका समस्या, सम्भावना र चुनौती समेटिएका ७५१ वटा मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
पार्टी अध्यक्ष ओलीले नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग प्रधानमन्त्रीलाई बुझाएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


