काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज दिउँसो ले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा आमसभा गर्ने भएको छ ।
राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर (महेन्द्र) स्मारक चोकमा राजा महेन्द्रको सालिक अनावरण गर्न खोजिरहेको छ।
आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।