बाह्रबिसे । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिष्टले देशको विकास गर्नेभन्दा अनाबश्यक हौवा मात्र पिटाउने गरेको बताएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिकाको सुनकोशी बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सिन्धुपाल्चोक जिल्लामा अरु पार्टीे भन्दा नेपाली कांग्रेसले जनताका लागि काम गरेको यथार्थ घामजत्तिकै रहेको बताए ।
आफूलाई सच्चा कम्युनिष्ट बताउनेहरुले युवालाई आकर्षित गर्न अनेक खालका तिकडमहरु गरेर केही समय भुलाउने गरे पनि उनीहरुको असली नियत थाहा पाएपछि युवाहरुले नेपाली कांग्रसमा नै आवद्ध हुने गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ थामीटोलबाट नेकपा एमाले परित्याग गरेर १०० जना, पहरीगाउँबाट ५० जना, र सुनकोशी बजारबाट ५० जना कांग्रेस प्रवेश गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ लीला नेपालका साथै हरिशरण श्रेष्ठ, युवाखर सापकोटा, रमेश राउत, निरबहादुर श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको कांग्रेस युवा नेता युधिर पौडेलले बताए ।