काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकार भाइरल नभएर लोकप्रिय हुनुपर्ने धारणा ब्यक्त गरेका छन् ।
उनले शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै नेपालीपनको सङ्गीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताए।
विविधतापूर्ण मौलिकतामा आधारित गीत–सङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘दर्शक–स्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुण्डिएका छन्। तर पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ। यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ।’
‘


