काठमाडौं । नेपाली कांग्रेसले चैत १४ गते बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।


