बाह्रबिसे । नेपाली कांग्रेस वागमती प्रदेश कमिटीको भोलि (आइतबार) हुने दोस्रो बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।
बैठक सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा रहेको स्याण्डी वीचमा हुन लागेको प्रदेश सभापति इन्द्र बानियाँले जानकारी दिए । उनका अनुसार बैठकमा भाग लिन प्रदेश कमिटीका प्रायः सबै सदस्यहरु बैठकस्थल पुगिसकेका छन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल हुने एक सदस्यले बताए । यसका साथै बैठकले मनोनित गर्ने प्रक्रियालाई समेत अगाडि बढाउने बुझिएको छ । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच नै एमसीसीबारे गम्भीर मतभिन्नता कायमै रहेका सन्दर्भमा कांग्रेसको प्रदेश कमिटीको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई वर्तमान सत्ता गठबन्धनभन्दा एमसीसी महत्वपूर्ण रहेको बताइरहेका बेला प्रदेश कमिटीका सदस्यहरुबीच हुने छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठक ब्यवस्थापन सम्बन्धी सबै काम प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठले गर्ने जानकारी दिएका छन् ।