काठमाडौं । मौसम विभागले आज स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङमा अति धेरै वर्षा हुने भएकाले त्यस आसपासका बासिन्दालाई सचेत गराएको छ।
महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जानकारी गराउँदै ती क्षेत्रमा बाढी, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।
‘उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढीका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम, दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाऔँ’, सूचनामा भनिएको छ।


